बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन | Khabarhub Khabarhub

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ । रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए ।

दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ५ : ३७ बजे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शयरधनीका नाममा रहेको

उमा सुवेदीको उपन्यास ‘परिधि’ को लोकार्पण

 काठमाडौं- ‘तोदा’  उपन्यास र ‘सयौं पुतली’  कथा सङ्ग्रह  लगायत आधा

दैनिक १० हजारभन्दा बढीको स्कुस बिक्री गर्दै किसान

गाईघाट– सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी– प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ

प्रधानमन्त्रीले भने- नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा