सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता) « Khabarhub

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

'उपेन्द्र यादव सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थ्यो'



उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । विभाजनको पक्षमा रहेका ७ जना संसद् र ३० जना केन्द्रीय सदस्यहरू आइतबार निर्वाचन आयोग पुगेका छन् । उनीहरूले जनता समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । यसै सन्दर्भमा नयाँ पार्टीको पक्षमा उभिएका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीसँग खबरहबले कुराकानी गरेको छ ।

एक्कासि पार्टी विभाजन गर्नुभयो त ? सबैलाई सरप्राइज दिनुभयो नि ?

यस्तै भयो । पार्टीमा एकलौटी र अस्थिरताको खेल सुरु भएपछि जनताको पक्षमा रहेका नेताहरू चुप लागेर बस्न सकेनौँ । हतार-हतार देखिए पनि तयारीमा थियौँ । हामीलाई यो कदमबाट कुनै पछुतो छैन ।

किन पार्टी विभाजन गर्नुभएको ?

हामीले पटक–पटक सरकारको स्थायित्वबारे कुरा गरेका थियौँ तर नेतृत्वले त्यता ध्यान नदिएपछि हामीसँग अर्को विकल्प थिएन । हामीले निर्वाचन आयोगमामा दल दर्ताका लागि निवेदन दिइसकेका छौँ ।

उपेन्द्र यादव विदेश हुनुहुन्छ, यहीबेला किन पार्टी विभाजन गर्नु भएको ?

आजको दुनियाँ साँघुरो भएको छ । संसारबाट पनि एक मिनेटमा कुरा हुन्छ र सबै कुरा जानकारी हुन्छ । सरकारलाई स्थिरता दिन हामीले पार्टी विभाजन गरेका छौँ । उहाँहरूसँग हाम्रो कुरा मिलेन । उहाँको राजनीति चरित्रबाट असन्तुष्ट भएर हामी ७ जना साथीहरूले छुट्टै जसपा पार्टी बनाएका हौँ ।

उपेन्द्र यादव सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थो । त्यो षडयन्त्रमा हामीलाई फस्नु थिएन । केही मान्छेहरूसँग मिलेर षडयन्त्रको तयारी थियो- मन्त्री साह

मन्त्री उपेन्द्र यादवचाहिँ वर्तमान सरकारको विपक्षमा हुनुहुन्थ्यो ?

हो , उहाँ सरकारको विरोधमा ठूलो षडयन्त्र गर्दै हुनुहुन्थो । त्यो षडयन्त्रमा हामीलाई फस्नु थिएन । केही मान्छेहरूसँग मिलेर षडयन्त्रको तयारी थियो ।

यहाँले केही मान्छे भनेको माधव नेपाल हो ?

त्यो कुरा म अहिले गर्न सक्दिनँ । हामीले छुट्टै पार्टी बनायौँ । अब के भन्नु र यहाँहरूलाई थाहा नै छ ।

यहाँहरू एमाले र माओवादीको पक्षमा हो ?

होइन, हामी जनताले दु:ख पाएकाले स्थायी सरकारको पक्षमा हो । अशोककुमार राईको अध्यक्षतामा म, हसिना खान, रञ्जु ठाकुर, प्रदीप यादव, वीरेन्द्र महतो र सुशीला श्रेष्ठले विद्रोह गरेका हौँ । अन्य साथीहरू पनि थपिनुहुन्छ । हामी पार्टी निर्माण प्रक्रियामामा छौँ ।

यहाँहरूको पक्षमा कति केन्द्रीय सदस्यहरू हुनुहुन्छ ?

हाम्रो पक्षमा ७० प्रतिशत पुर्‍याएका छौँ । सबै साथीहरू अडानमा हुनुहुन्छ । प्रलोभनमा लाग्नु हुन्न । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा हुनुहुन्छ ।

संख्या पनि दिनु न ?

अहिले सबै संख्या दिन मिल्दैन । आज ३० जना छौँ । अरू साथीहरू पनि हुनुहुन्छ । अरू साथीको छिट्टै नामसहित सार्वजनिक गर्छौं । निर्वाचन आयोगमा पनि बुझाउँछौँ । हेर्दै जानु, हाम्रो पार्टी कत्रो होला । विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छौँ, जुन कुरा विज्ञप्तिमा पनि छ ।

विभाजन गर्नुअघि अध्यक्ष उपेन्द्र यादवलाई जानकारी दिनु भयो त ?

हामीले जरुरी ठानेका छैनौँ । पार्टी विभाजनका सयौँ कारण छन् । हामीलाई कमजोर ठानेपछि यसो गर्नुको विकल्प थिएन । नेतृत्वले एकलौटी निर्णय गरेपछि सहन सकिएन । समय भएपछि म सबैतिर भन्छु ।

प्रतिनिधि सभाका सबै सांसदलाई यसबारे जानकारी थियो ?

केहीले वास्ता गरेनन् । केहीले थाहा पाएर पनि नपाएझैँ गरे ।

विदेशमा रहेका उपेन्द्र यादवसँग अशोक राईको अन्तिम पटक कहिले कुरा भयो ?

यो थाहा भएन । मलाई लाग्छ यसको जानकारी उहाँलाई थियो । उहाँले हामीलाई कमजोर ठानेपछि आफैँ फस्नुभयो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : ३८ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल