एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन « Khabarhub

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको तरंग माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि परेको छ ।

आइतबार जसपा विभाजित भएलगत्तै समाजवादीले प्रतिनिधि सभाका १० र राष्ट्रिय सभाका ८ सांसदसहित सोमबार संसदीय दलको बैठक राख्यो ।

उक्त बैठकपछि सांसद शेरबहादुर कुँवरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको बताए । उनले बजेटलाई जनमुखी बनाउन पहल गर्ने निर्णय पनि भएको उल्लेख गरे ।

सांसद कुँवरले जसपा विभाजित भइसकेपछि एकीकृत समाजवादीमा पनि त्यही घटनाक्रम दोहोरिने आशंकालाई संसदीय दलको बैठकले चिर्ने काम गरेको जानकारी दिए ।

‘जसपा विभाजित हुँदै गर्दा यसबीचमा अनेक हल्ला चलाएका थिए । जसपा विभाजनको मुद्दा निर्वाचन आयोगसम्म पुगेको छ’, उनले भने, ‘अहिले हाम्रो पार्टीमा कुनै किसिमको मतभेद र समस्या छैन । त्यसैले हाम्रो पार्टी पनि फुट्न लागेको भनेर चलाइएका हल्ला गलत हुन्, हामी एकढिक्का छौँ।’

उनले एकीकृत समाजवादीका ६ देखि ७ जना सांसद पार्टी विभाजनका लागि अन्य दलका नेताहरूसँग भेटिरहेको कुराको पनि खण्डन गरे ।

‘यसबीचमा हाम्रा ६ जना सांसद यहाँ गए, ७ जनाले त्यहाँ गएर अर्को दलका नेतालाई भेटे भन्ने कपोलकल्पित समाचार आए’, उनले भने, ‘हाम्रो पार्टीका सांसदहरू कहीँ कतै जानु भएको छैन । हामी पार्टीलाई बलियो बनाउने पक्षमा छौँ, हामी एकढिक्का छौँ । संसदीय दलको बैठकले पार्टीलाई अझ बलियो र सशक्त बनाएर लैजाने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ४८ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा