सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन « Khabarhub

सरकार बचाएर जाने पक्षमा एकीकृत समाजवादी, जथाभावी नबोल्न अध्यक्ष नेपालको निर्देशन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले तत्काल नेपका एमाले र नेकपा माओवादी केन्द्रसहितको सरकारको विपक्षमा नलाग्ने निर्णय गरेको छ ।

पछिल्ला विकसित घटनाक्रमले समाजवादी सरकारबाट फिर्ता हुन सक्ने चर्चा चलिरहेका बेला सोमबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय लिएको हो ।

संसदीय दलको बैठकमा जनता समाजवादी पार्टी विभाजित भइरहँदा सरकारबाट तत्कालै फिर्ता नहुने सहमति जुटेको एकजना शीर्ष नेताले खबरहबलाई बताए । 

‘सरकारको विपक्षमा नबोल्ने, खराब काम भए आलोचना गर्ने निर्णय भएको छ । सहमति सहकार्यसहित अगाडि बढ्ने निर्णय गरेका छौँ’, ती नेताले भने, ‘अहिलेको सत्ता गठबन्धनबाट बिदा भएर अरु गठबन्धनमा मिसिनेबारेमा कुनै छलफल भएन । यही गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ ।’  

बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन नेकपा एमाले सकारात्मक भएको निष्कर्ष पनि निकालेको छ ।

‘सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीलाई आगामी ३० गतेसम्म विश्वासको मत दिन एमाले तयार भएको छ । सहकार्यलाई अगाडि लैजान्छौ’, ती नेताले भने ।

बैठकमा सहभागी पार्टी उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राईका अनुसार संसदीय दलमा सरकारबारे भन्दा आगामी बजेटमा केन्द्रित भएर छलफल भएको बताएकी छन् । 

‘आजको छलफल बजेटमा कसरी सत्तारुढ दलहरू साझा धारणासहित अगाडि बढ्ने र एकीकृत समाजवादीको भूमिका कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित भयो । सरकारको विकल्प खोज्ने दिशामा कुरा भएन’, राईले खबरहबलाई भनिन् ।

उनले अहिलेलाई वर्तमान सत्ता गठबन्धन र सरकामै निरन्तर रहने बताउँदै बाहिर आएका कुरा हल्ला मात्रै भएको जवाफ दिइन् । पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले पनि आगामी बजेट र सरकारमा पार्टीको भूमिकाबारे मात्रै चर्चा भएको बताए । 

सांसद ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई लिएर आवश्यक सुझाव दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने निर्णय भएको जानकारी दिएका छन् ।

बैठकपछि सांसद शेरबहादुर कुँवरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको बताए । उनले बजेटलाई जनमुखी बनाउन पहल गर्ने निर्णय पनि भएको उल्लेख गरेका छन् ।

नेताहरूले यसो भने पनि माधव नेपालले सत्ता गठबन्धनविरुद्ध कुरा आउँदा सुदूरपश्चिम सरकारमा एमालेको सहयोग र अन्य विकसित घटनाहरूको विकासक्रम  हेरिरहेको बताएका थिए ।

बैठकमा उपस्थित अर्का नेताले भने, ‘अहिले गठबन्धनबाट निस्किने विकल्पमा नखोज्न अध्यक्षज्यूको निर्देशन छ । उहाँले गठबन्धनविरुद्ध  जथाभावी नबोल्न पनि सांसदहरूलाई आग्रह गर्नुभएको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ६ : २२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी