विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत | Khabarhub Khabarhub

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट (विकास नीति सहायता) शीर्षकमा नेपाललाई ८० मिलियन अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ । सो ऋण रकम पछिल्लो विनिमयदर बमोजिम करिब १० अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।

सोमबार बसेको बैंक कार्यकारी निर्देशक बोर्ड बैठकले सो ऋण सहायता प्रस्ताव स्वीकृत गरेको विश्व बैंकले जानकारी दिएको छ । स्वीकृत ऋण सहायता नेपालको वित्तीय क्षेत्र स्थिरतालाई थप बलियो बनाउन, वित्तीय समाधान विविधिकरण गर्न र वित्तीय पहुँच बढाउन खर्च हुने बैंकको दाबी छ ।

नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हडाड जर्भोसले स्वीकृत पछिल्लो सहायता परिचालनमार्फत नेपाललाई हरित, अनुकूल र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरेका छन् । साथै उपयुक्त वातावरण तयार गरी नेपालको आर्थिक विकासमा निजी लगानी गर्न तथा सो मार्फत गरीब र जोखिममा परेका समुदायलाई फाइदा पुर्‍याउन पनि पछिल्लो ऋण सहयोग उपयोगी हुने उनले उल्लेख गरेका छन् ।

बैंकले ऋण सहायताबाट बैंकिङ र बीमा क्षेत्र थप बलियो हुने, प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा वित्तीय उत्पादन बढ्ने पनि जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

एसीसी यु-१६ : भुटानविरुद्ध नेपालका बजगाईं र श्रीवास्तवले बनाए अर्धशतक

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो