उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ « Khabarhub

उपेन्द्र यादव र अशोक राईबीच भएन संवाद, नेताहरू भन्छन् : हामीले नयाँ यात्रा थालिसक्यौँ


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमण सकेर मंगलबार बिहान १ बजे नेपाल फर्किएका छन् ।

संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन यादव अमेरिका रहेका बेला यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई संघीय परिषद् अध्यक्ष अशोक राईले विभाजन गरिदिएका छन् ।

राईले प्रतिनिधिसभाका सात सांसद र ३० जना केन्द्रीय कार्यकारिणी सदस्यसहित आइतबार विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन आयोगले उनलाई सोमबार नै जनता समाजवादी पार्टी नामको नयाँ दलको प्रमाणपत्र दिइसकेको छ ।

राईले नयाँ दलको प्रमाणपत्र बुझ्दै गर्दा अध्यक्ष यादव भने अमेरिकाबाट फर्किएर कता ट्रान्जिटमा रोकिएका थिए । उनी नेपाल आउनुअघि नै घटनाक्रम यति चाँडो विकास भयो कि अशोक राई नयाँ दलको अध्यक्ष नै बनिसकेका छन् ।

यादव नेपाल फर्किएपछि सबैभन्दा पहिले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डसँग संवाद गरेका छन् । त्यसपछि उनी अहिले आन्तरिक रणनीति तय गर्न केन्द्रीय कार्यालय बालकुमारी पुगेका छन् ।

जसपा संस्थापनका नेताहरूले अहिले देखिएको विवादलाई सामान्य भने पनि अध्यक्ष यादवले नयाँ पार्टीतर्फ खुलेका कसैसँग संवाद अघि बढाएका छैनन् । 

नेपाल आइसकेपछि नयाँ दल खोलेका अशोक राई र उनीनिकट नेताम तथा सांसदहरूसँग यादवले कुनै किसिमको संवाद गरेका छैनन् ।

यादवले नयाँ पार्टीतर्फ लागेका कुनै नेताहरूसँग संवादको पहल अघि नबढाएको संघीय सरकारका वन तथा वातावरण मन्त्री एवम् नयाँ दल जसपाका नेता नवकिशोर साह सुडीले बताए ।

उनले मंगलबार खबरहबसँग भने, ‘हाम्रो टिमका कसैसँग यादवको कुरा भएको छैन । अध्यक्ष (अशोक राई) ज्यू र मसँग पनि उपेन्द्रजीले कुरा गर्नु भएको छैन । अब त नयाँ पार्टी भइसक्यो, हामीले किन कुरा गर्नुपर्‍यो र ?’ 

उनले नयाँ दल जसपाको पक्षमा खुलेका सातजना संसद्हरू कोही पनि  यताउता नहुने बताए । साहले अगाडि भने, ‘हामी ७ सांसद र  बहुमत केन्द्रीय सदस्यको लाइन अब फेरबदल हुँदैन, हामीले नयाँ यात्रा गरिसक्यौँ ।’ 

मन्त्री साहले प्रधानमन्त्री प्रचण्डसँग पनि आफूहरू संवादमै रहेको खुलाए । ‘आवश्यक पर्दा प्रधानमन्त्रीसँग कुराकानी भइरहेको छ । हामीले प्रधानमन्त्रीलाई झन् दरिलो साथ दिएका छौं’, उनले अन्तिममा भने ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १२ : ५३ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति