काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुख इन्दिरा र सांसद्‌ धनराजबारे छलफल गर्ने « Khabarhub

काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुख इन्दिरा र सांसद्‌ धनराजबारे छलफल गर्ने


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमख सत्तारुढ दल नेपाली काङ्ग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भोलि (बुधबार) बिहान ८ः३० बाट शुरू गर्नेगरी पदाधिकारी बैठक डाकिएको हो ।

बैठकमा पार्टीका नेता एवम्‌ सा‌ंसद्‌ धनराज गुरुङ र उपसभामुख इन्दिरा रानाबारे छलफल हुने सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌ ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै; काङ्ग्रेस सांसद्‌ धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गरेका छन्‌ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ४८ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक