काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुख इन्दिरा र सांसद्‌ धनराजबारे छलफल गर्ने « Khabarhub

काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक, उपसभामुख इन्दिरा र सांसद्‌ धनराजबारे छलफल गर्ने


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमख सत्तारुढ दल नेपाली काङ्ग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भोलि (बुधबार) बिहान ८ः३० बाट शुरू गर्नेगरी पदाधिकारी बैठक डाकिएको हो ।

बैठकमा पार्टीका नेता एवम्‌ सा‌ंसद्‌ धनराज गुरुङ र उपसभामुख इन्दिरा रानाबारे छलफल हुने सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌ ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै; काङ्ग्रेस सांसद्‌ धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गरेका छन्‌ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ८ : ४८ बजे

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा