केजरीवालले अझै पाएनन् जमानत « Khabarhub

केजरीवालले अझै पाएनन् जमानत


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतमा आफ्नो फैसला दिन अस्वीकार गरेको छ ।

सर्वोच्चले केजरीवाल वर्तमान मुख्यमन्त्री रहेको र जमानत दिएमा उनले सरकारको काममा हस्तक्षेप गर्ने बताउँदै यस विषयमा थप बहस आवश्यक भएको बताएको हो । साथै सर्वोच्चले अहिले निर्वाचन नभएको भए अन्तरिम जमानतको प्रश्न नउठ्ने बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीशले यस विषयमा थप बहस मे ९ मा हुने र समय नपुगेमा अर्को साताको तारिख दिने बताएका छन् ।

अर्कोतर्फ, दिल्लीको राउज एभिन्यू अदालतले पनि केजरीवालको न्यायिक हिरासत मे २० सम्म बढाएको छ । अप्रिल २३ मा अदालतले अरविन्द केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको थियो । मार्च २१ मा केजरीवालको गिरफ्तारी पछि, उनी मार्च २२ मा राउज एभिन्यू अदालतमा हाजिर भए, जहाँबाट उनलाई मार्च २८ सम्म ईडी रिमाण्डमा पठाइएको थियो। उनी अप्रिल १ देखि तिहाड जेलमा छन् ।

याे पनि…

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ०५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच