वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै « Khabarhub

वैदेशिक रोजगारीमा जानेको म्यादी जीवन बिमा अनलाइनबाटै


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाटै हुने भएको छ ।

आगामी भदौदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले बिमा खरिद र कल्याणकारी कोषको रकम अनलाइनबाटै भुक्तानी गरिने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । म्यादी जीवन बिमाको प्रिमियम अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था गर्ने लागिएको विभागले जानएको छ ।

विभागले अनलाइन पेमेन्ट सिस्टमका लागि सबै तयारी गरिसकेको छ । वैदेशिक रोजगारी म्यादी जीवन बिमाको अनलाइन भुक्तानीका केही सेवाप्रदायक संस्थाहरू विभागको सिस्टमसँग जोडिइसकेको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार म्यादी जीवन बिमा खरिदमा अनलाइन भुक्तानीको सुविधा सञ्चालनका लागि विभागले समितिसँग सहमति माग गरेर काम गर्ने लागेको हो । यो भन्दा अगाडि समितिमार्फत नै म्यादी बिमाका काम गरिदै आएको थियो ।

खल्ती, इ–सेवा र प्रभु अनलाइन भुक्तानी संस्था विभागको सिस्टमसँग जोडिएको विभागले जानएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन पेमेन्ट सेवाप्रदायक संस्था विभागको सिस्टमसँग जोडिएर काम गर्ने छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : १९ बजे

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको