सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी « Khabarhub

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका स्याङको चापाकोटमा कार्यरत सिनियर अहेब बिन्दु कोइराला र उनकी पत्नीलाई विशेष अदालतले सफाइ दिएको छ ।

कोइराला र उनकी पत्नी गीता कोइरालालाई पनि विशेष अदालतका न्यायाधीत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार सफाइ दिने फैसला सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध २०८० असोज १९ गते ९० लाख ३९ हजार ६ सय २० बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको थियो ।

सिनियर अहेब कोइराला२०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्म सरकारी सेवामा रहँदा आर्जन गरेको सबै सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको थियो । उक्त अवधिमा कोइरालाले दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आर्जन गरेको अख्तियारले जनाएको थियो ।

त्यही अवधिमा सिनियर अहेब कोइरालाले तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले मुद्दामा उल्लेख गरेको थियो ।

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले अनियमितता देखिएको जनाएको थियो ।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पनि आयोगको आरोप थियो । यस्तोमा आयोगले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जपथ गरी बिगो बमोजिम कारबाही माग गरेको थियो ।  तर आयोगको कुनै पनि दाबी नपुगेको भन्दै विशेषले कोइराला दम्पतिलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा