अमेरिकाका कारण खाडीक्षेत्र अत्यन्त जोखिममा अवस्थामाः इरानी विदेशमन्त्री | Khabarhub Khabarhub

अमेरिकाका कारण खाडीक्षेत्र अत्यन्त जोखिममा अवस्थामाः इरानी विदेशमन्त्री


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– खाडी क्षेत्रलाई अझ खतरनाक बनाएको इरानी विदेशमन्त्री जवाद जरिफले आरोप लगाएका छन् ।

कतारको अल जजिरा टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा विदेशमन्त्री जरिफले अमेरिकाले खाडी क्षेत्रलाई ‘प्रज्वलनशील बनाएको’ र ‘सलाई बाल्न’ मात्र बाँकी रहेको आरोप लगाएका हुन् । उनले अमेरिकाले त्यस क्षेत्रमा हतियारको होडबाजी शुरु गरेको आरोप समेत लगाए ।

पछिल्लो समय खाडी क्षेत्रमा तेल बोकेका ट्यांकरहरु असुरक्षित बन्न थालेपछि अमेरिका र बेलायतसहितका मुलुकले पानीजहाजलाई जोगाउन नौसैनिक गतिविधीलाई बढाएपछि इरानी विदेशमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले पश्चिमा मुलुकहरुको उपस्थितीका कारण विदेशी व्यावसायिक पानीजहजाका लागि अझ असुरक्षित बन्दै गएको टिप्पणी समेत गरे ।

गत मे र जुन महिनामा खाडीक्षेत्रमा ६ वटा ट्यांकरमा आक्रमण भएका थिए । अमेरिका तथा त्यस क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरुले आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । त्यसबाहेक इरानले केही समयअघिमात्र बेलायतको ध्वजावाहक ट्यांकर नियन्त्रणमा लिएपछि इरान र पश्चिमा मुलुकबीचको सम्बन्ध चिसिँदै आएको छ ।

पश्चिमा मुलुकसँग इरानको सम्बन्ध चिसिएका बेला इरानी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । इरानी विदेशमन्त्री आइतबारमात्र कतारको राजधानी दोहा पुगेको तथा सोमबार उनले त्यहाँका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेको बताइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ५ : २६ बजे

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने