जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन « Khabarhub

जसपा फुटेपछि कांग्रेसले भन्यो : माधव नेपाललाई प्रधानमन्त्री अफर गरिएको होइन

तत्कालै एमालेसँग मिलिजुली सरकार बन्न नसक्ने जवाफ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने सम्भावना तत्कालललाई सम्भव नरहेको बताएका छन् ।

मुलुकको स्थायित्व र समृद्धिका लागि दुई ठूला दलहरु कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि अब तत्काललाई त्यो सम्भावना सकिएको लेखकले बताए ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा लेखकले कांग्रेस अहिलेको सत्ता समीकरण भत्काउने खेलमा नलागेको पनि जवाफ दिएका छन् ।

कांग्रेसले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई प्रधानमन्त्री अफर नगरेको पनि उनले जवाफ दिए । उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री पदको आश्वासन पनि नदेखाएको बताए ।

सत्ता समीकरण भत्काउन नलागेको जिकिरसहित उनले भने, ‘हामीले नयाँ  अहिलेको समीकरण भत्काएर नयाँ समीकरण बनाउन लागेको साँचो होइन । राजनीतिमा सम्वाद र वार्ता स्वभाविक कुरा हुन् ।’

‘एमालेसँग मिलेर सरकार बनाउन अहिलेसम्म छलफल भएको छैन । तर आमरूपमा ठूला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ’, उनले भने, ‘साना साना दलहरू लिएर सरकार बनाउँदा अस्थिरता भएको धारणा जनमानसमा छ । यसबारेमा अहिलेसम्म कांग्रेस र एमालेबीच कुनै छलफल भएको छैन ।’

लेखकले मुलुकका साझा विषयमा दलरूबीच साझा धारणा बन्नुपर्ने बताए । अबको १० वर्षमा संविधान पुनर्लेखन, परराष्ट्र नीति र मौलिक अधिकारबारे राष्ट्रिय सहमति आवश्यक हुने उनले बताए ।

प्रमुख सचेतक लेखकले सरकारले प्रतिपक्षी दललाई हेपेको महसुस भइरहेको पनि बताए । ‘प्रतिपक्षीले भनेको सामान्य कुरा पनि नटेर्ने अवस्था छ’, उनले गुनासो गरे ।

भ्रष्टाचारमा मुछिएका कांग्रेसकै सांसद टेकबहादुर गुरूङको फुकुवाबारे सर्वोच्च अदालतको पूर्णपाठ आइसकेपछि अरू वैधानिक परीक्षण हुने जानकारी दिएका छन् ।

लेखकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारेका टिप्पणीप्रति असन्तुष्टि जनाए । ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सरकारले कार्यान्वयन गर्ने हो । सांसदले सिफारिस गर्ने हो । तर, संसदले कानुन बनाइसकेपछि संविधानसँग प्रष्ट बाझिएन भने त्यसरी फैसला आउने हो भने यो पद्वति कहाँ पुग्ला ? संसदीय व्यवस्था के होला ,’ लेखकले सोधे ।

आगामी अधिवेशनको भूमिका र रणनीतिबारे भोलि २ बजेदेखि संसदीय बैठक बस्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  २ : ५७ बजे

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ

निर्वाचन परिणामबारे प्रधानमन्त्रीको सन्देश : एक पटकको जनादेश सधैँलाई स्थायी हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नेपाली

भक्तपुर-२ मा समानुपातिक मतगणना सकियो, रास्वपाले ४३ हजार ल्याउँदा कांग्रेस-एमाले ८ हजारमा सीमित

भक्तपुर- यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर

अछाम–२ मा एमालेका बोगटीको निरन्तर अग्रता, कांग्रेसका शाह पछ्याउँदै

अछाम – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम क्षेत्र नम्बर २