बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र « Khabarhub

बढी कम्पनीको शेयर बढ्दा पनि घट्यो नेप्से, कारोबार साढे २ अर्ब मात्र


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्चेञ्ज (नेप्से) बुधबार झिनो अंकले घटेको छ । आज नेप्से ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा कायम भएको छ ।

आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर ४१ हजार १३७ पटक किनबेच भएको छ ।

आज ३०५ वटा कम्पनीको शेयर कारोबार हुँदा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले बढेको छ ।
आज १३ उपसमूहमध्ये ४ वटा समूह बढेको छ भने ८ समूह घटेको छ । बढ्नेमा फाइन्यस, हाइड्रो, लघुवित्त र ट्रेडिङ बढेको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने डोटि हाइड्रोपावर ९.७९ अंकले बढेको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य ९.६७ प्रतिशतले बढेको छ । कुमारी सबल योजना (म्यूचअल फण्ड) भने १० प्रतिशतले घटेर नकारात्मक सर्किक लागेको छ ।

बुधबार फस्ट माइक्रोपाइनस लघुवित्तको शेयर बढी कारोबार भएको छ । फस्टको १० करोड ६० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । आज बढी कित्ता शेयर प्राइम कमर्सियल बैंकको शेयर कारोबार भएको छ । प्राइमको ४ लाख १० हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ३ : २१ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार