हङकङ विमानस्थल प्रदर्शनकारीको कब्जामा, उडान ठप्प « Khabarhub

हङकङ विमानस्थल प्रदर्शनकारीको कब्जामा, उडान ठप्प


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ- अधिक स्वायत्तता तथा लोकतन्त्रका लागि आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा जमाएपछि सम्पूर्ण उडान तथा अवतरण ठप्प भएका छन् । विश्वकै व्यस्त मानिने हङकङ विमानस्थलको टर्मिनल कक्षमा हजारौं प्रदर्शनकारी प्रवेश गरेपछि  सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको हो ।

यो पछिल्लो आन्दोलनलाई हङकङको इतिहासकै ठूलो प्रदर्शनका रुपमा लिइएको छ । प्रदर्शनका कारण चीन सरकार ठूलो राजनीतिक दबाबमा परेको छ । प्रदर्शनकारीले कालो भण्डासहित चीनविरोधी नारा लगाएका छन् । उनीहरुले हङकङकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने समेत माग गरेका छन् ।

विमानस्थल प्रदर्शनकारीको कब्जामा पुगेपछि विमानस्थल प्रशासनले सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण स्थगन गरिएको तथा यसबाट सेवाग्राहीलाई पर्न गएको असहजताप्रति क्षमायाचना गरेको छ । विमानस्थलले प्रदर्शनकारीलाई विमानस्थलबाट बाहिर जान समेत आह्वान गरेको छ ।

प्रदर्शनका कारण करिब १६० भन्दा धेरै उडान प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हङकङ विश्वको व्यस्त विमानस्थल मानिन्छ । यहाँबाट हरेक दिन दशौं हजार मानिसहरुको आवागमन हुने गरेको छ ।

हङकङका विमान सेवा कम्पनीहरु क्याथी प्यासिफिक तथा क्याथी ड्रगनले आफ्ना सेवाग्राहीलाई हङकङ विमानस्थलतर्फ नजान र जरुरी बाहेकका सबै यात्रा स्थगन गर्न आह्वान गरेका छन् । विमानस्थल बन्द हुँदा यसबाट दशौं हजार यात्री प्रभावित भएका छन् ।

यता चीनले भने प्रदर्शनकारीले विमानस्थलमा कब्जा जमाएपछि त्यसको कडा शब्दमा निन्दा गरेको छ । हङकङका प्रदर्शनकारीलले आतंकवादी शैलीमा प्रहरीमाथि आक्रमण गरेको भन्दै यसविरुद्ध कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ०१ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको