चीनको सियान नगरको प्रतिबद्धता : धुलिखेलको समृद्धिमा सहकार्य गर्न तयार छौँ « Khabarhub

चीनको सियान नगरको प्रतिबद्धता : धुलिखेलको समृद्धिमा सहकार्य गर्न तयार छौँ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सियान – धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र चीनको सियान नगरपालिका मेयर लि मिनयुङबीच भेटवार्ता भएको छ ।

चीनको शान्सी प्रान्तको सियान नगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा द्विपक्षी हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका सियान व्यूरोका उपप्रमुखसमेत रहेका मेयर मिनयुङले सियान, धुलिखेल नगरपालिका र नेपालका अन्य नगरपालिकाबीच सम्बन्ध राख्न आफुहरु तयार रहेको बताए ।

‘नेपाल र चीनबीच लामो समयदेखि रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन सियान चाहन्छ’ मेयर मिनयुङले भने त्यसका लागि सियान हरेक खालको सहयोग गर्न तयार छ ।’

उनले अन्तर्राष्ट्रिय जगतमा सियानको उपस्थितिकालागि सहयोग गर्न मेयर ब्यान्जुलाई आग्रह गरे । मेयर मिनयुङले सियान सिल्क रोडको उद्गमस्थल भएको र यसले पुरै एसिया प्यासिफिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षेत्रका नगरपालिका र स्थानीय निकायसंगको सम्वन्धमा भूमिका खेल्न मेयर ब्यान्जुसंग आग्रह गरे ।

धुलिखेका मेयर ब्यान्जु नगरपालिका संघ नेपालका अध्यक्ष एवं यूसिएलजी एसिया प्यासिफिक (अन्तर्राष्ट्रिय नगरपालिकाहरुको )संघका निर्वाचित उपाध्यक्षसमेत हुन् ।

छलफलका क्रममा मेयर ब्यान्जुले सियानसंग हातेमालो गर्न धुलिखेल नगरपालिका र अन्तर्राष्ट्रिय नगरपालिका संघ तयार रहेको बताए । ‘धुलिखेल नगरपालिका सियान र चीनका अन्य नगरपालिकासंगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन तयार छ’ मेयर ब्यान्जुले भने, ‘सियानले छोटो समयमा गरेको विकास र समृद्धिबाट नेपाल र विश्वका अन्य नगरपालिकाले पाठ सिक्नका लागि पनि सम्बन्धलाई थप प्रगाढ र विस्तार गर्न जरुरी छ ।’

मेयर ब्यान्जुले शताब्दीऔं देखि नेपाल र चीनबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुटनीतिक र जनता जनताबीचको सम्वन्धलाई थप प्रगाढ वनाउदै अगाडि बढ्न आवश्यक रहेको बताए ।

मेयर मियुङले सियानमा रहेका विभिन्न विश्विद्यालयमार्फत धुलिखेल नगरपालिकाका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न तयार रहेको बताए । धुलिखेलका मेयर ब्यान्जुले धुलिखेलमा रहेका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालसंग सियानका विश्वविद्यालय र अस्पतालबीच सम्बन्ध स्थापना गर्दै अघि बढ्नु पर्ने बताए ।

धुलिखेलले पर्यटनको क्षेत्रमा काम गरिरहेको भन्दै मेयर ब्यान्जुले त्यसका लागि सियानले आफ्ना नागरिकलाई धुलिखेल र नेपाल भ्रमणमा पठाउन अभिप्रेरित गर्नुपर्ने बताए ।

मेयर ब्यान्जुले सियानका मेयरलाई नेपाल र विशेषगरि धुलिखेल भ्रमणको निम्तो गरे । जवाफमा मेयर मिनयुङले उपयुक्त समयमा धुलिखेलको भ्रमण गर्ने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ०३ बजे

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार