चीनको सियान नगरको प्रतिबद्धता : धुलिखेलको समृद्धिमा सहकार्य गर्न तयार छौँ « Khabarhub

चीनको सियान नगरको प्रतिबद्धता : धुलिखेलको समृद्धिमा सहकार्य गर्न तयार छौँ


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियान – धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु र चीनको सियान नगरपालिका मेयर लि मिनयुङबीच भेटवार्ता भएको छ ।

चीनको शान्सी प्रान्तको सियान नगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा द्विपक्षी हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका सियान व्यूरोका उपप्रमुखसमेत रहेका मेयर मिनयुङले सियान, धुलिखेल नगरपालिका र नेपालका अन्य नगरपालिकाबीच सम्बन्ध राख्न आफुहरु तयार रहेको बताए ।

‘नेपाल र चीनबीच लामो समयदेखि रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन सियान चाहन्छ’ मेयर मिनयुङले भने त्यसका लागि सियान हरेक खालको सहयोग गर्न तयार छ ।’

उनले अन्तर्राष्ट्रिय जगतमा सियानको उपस्थितिकालागि सहयोग गर्न मेयर ब्यान्जुलाई आग्रह गरे । मेयर मिनयुङले सियान सिल्क रोडको उद्गमस्थल भएको र यसले पुरै एसिया प्यासिफिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षेत्रका नगरपालिका र स्थानीय निकायसंगको सम्वन्धमा भूमिका खेल्न मेयर ब्यान्जुसंग आग्रह गरे ।

धुलिखेका मेयर ब्यान्जु नगरपालिका संघ नेपालका अध्यक्ष एवं यूसिएलजी एसिया प्यासिफिक (अन्तर्राष्ट्रिय नगरपालिकाहरुको )संघका निर्वाचित उपाध्यक्षसमेत हुन् ।

छलफलका क्रममा मेयर ब्यान्जुले सियानसंग हातेमालो गर्न धुलिखेल नगरपालिका र अन्तर्राष्ट्रिय नगरपालिका संघ तयार रहेको बताए । ‘धुलिखेल नगरपालिका सियान र चीनका अन्य नगरपालिकासंगको सम्बन्धलाई अझ उचाइमा पुर्याउन तयार छ’ मेयर ब्यान्जुले भने, ‘सियानले छोटो समयमा गरेको विकास र समृद्धिबाट नेपाल र विश्वका अन्य नगरपालिकाले पाठ सिक्नका लागि पनि सम्बन्धलाई थप प्रगाढ र विस्तार गर्न जरुरी छ ।’

मेयर ब्यान्जुले शताब्दीऔं देखि नेपाल र चीनबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कुटनीतिक र जनता जनताबीचको सम्वन्धलाई थप प्रगाढ वनाउदै अगाडि बढ्न आवश्यक रहेको बताए ।

मेयर मियुङले सियानमा रहेका विभिन्न विश्विद्यालयमार्फत धुलिखेल नगरपालिकाका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न तयार रहेको बताए । धुलिखेलका मेयर ब्यान्जुले धुलिखेलमा रहेका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालसंग सियानका विश्वविद्यालय र अस्पतालबीच सम्बन्ध स्थापना गर्दै अघि बढ्नु पर्ने बताए ।

धुलिखेलले पर्यटनको क्षेत्रमा काम गरिरहेको भन्दै मेयर ब्यान्जुले त्यसका लागि सियानले आफ्ना नागरिकलाई धुलिखेल र नेपाल भ्रमणमा पठाउन अभिप्रेरित गर्नुपर्ने बताए ।

मेयर ब्यान्जुले सियानका मेयरलाई नेपाल र विशेषगरि धुलिखेल भ्रमणको निम्तो गरे । जवाफमा मेयर मिनयुङले उपयुक्त समयमा धुलिखेलको भ्रमण गर्ने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ०३ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा