खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो « Khabarhub

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

उदयपुर– यस वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा गाडिएका ट्युबेल (कल)को पानी सुक्न थालेको छ । त्रियुगा–१२, ११, ३, १, २, ४ र ५ क्षेत्रका स्थानमा गाडिएका कलको जमिनमुनि पानीको सहित सुकेर घट्न थालेपछि पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।

त्रियुगा–१२ बुद्धचोकका स्थानीय धनबहादुर मगरले छिमेकीसहित घरमा गाडेको कलमा १० दिनदेखि पानी आउन छाडेको  बताए । त्रियुगा–११ शिवालय टोलका देवराज कार्कीका अनुसार यसपटकको कडा खडेरीका कारण जमिनमुनि पानीको सहित घटेकाले २० फिट मुनिसम्म गाडेको ट्युबेलबाट समेत पानी आउन छाडेको हो ।

खडेरीले जमिनमुिनको सतहबाट पानी झनै तल घट्दै जान थालेकाले वडा नं १ जोगीदह क्षेत्रमा १७ देखि २० फिटमुनिसम्म गाडिएको ट्युबेलबाट केही दिनयतादेखि पानी आउन छाडेको स्थानीय कृष्ण ढुङ्गानाले बताए ।

त्रियुगा–२ खैजनपुर र वडा नं ३ भुल्के मोतिगडा क्षेत्रमा खडेरीले जमिनको सतहभन्दा धेरै तल पानी घटेर झरेपछि गाडिएका कलबाट पानी आउन छाडेको मोतिगडाका नन्दीदेव चौधरीले बताए । वडा नं ५ देउरी जलजले क्षेत्रमा पाँच दर्जनभन्दा बढी ट्युबेल सुकेका स्थानीय परमानन्द चौधरीले बताए । चौधरीका अनुसार यस क्षेत्रमा १७ देखि २० फिट गहिराइका कलबाट पानी आउने गरेकामा अहिले अधिकांश कल सुकेका छन् ।

गाईघाट डिएमगेटका ट्युबेल मिस्त्री पशुपतिदेव चौधरीका अनुसार यस पटक यस क्षेत्रमा खडेरीका कारण २५ देखि ३० फिट गहिराइसम्म जमिनमुनि पानीको सतह घटेको छ । उनले यस क्षेत्रमा झण्डै पाँच सयभन्दा बढी ट्युबेलबाट पानी आउन छाडेको बताए ।

पानीको सहित सुकेर पानी आउन छाडेपछि कतिपय स्थानीयवासी नजिकैको इनारबाट पानी बोकेर खान बाध्य भएका स्थानीय स्थानीय रोजन चौधरीले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  २ : ५७ बजे

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर– सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन