अस्पताल भर्ना भएका कांग्रेस नेता सिंह डिस्चार्ज | Khabarhub Khabarhub

अस्पताल भर्ना भएका कांग्रेस नेता सिंह डिस्चार्ज


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सोमबार डिस्चार्ज भएका छन् ।

‘हाई सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि गत सोमबार मेडिसिटी अस्पताल भर्ना भएका सिंहको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

चिकित्सकको सल्लाहअनुसार सिंहले अझै केही दिन घरमै बसेर पूर्ण आराम लिने लामिछानेले बताए ।

उपचारपछि घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमा संलग्न चिकित्सक टिम, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तकहरु, पार्टीका नेता तथा कार्यकर्ता र संचारकर्मीहरु सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेका छन् ।

केही दिन घरमा आराम गरेर पार्टीको काममा फर्कने उल्लेख गर्दै उनले अस्पतालमा रहँदा सबैसँग भेटघाट गर्न नमिलेको प्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : २६ बजे

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा