माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा « Khabarhub

माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर भारत भ्रमणमा


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कूटनीतिक गतिरोधको बीचमा माल्दिभ्सका विदेश मन्त्री मूसा जमीर दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे छलफल गर्न भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली आएका छन् ।

स्रोतका अनुसार भ्रमणको क्रममा उनले दुई पक्षले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरी बहुआयामिक सम्बन्धलाई गति दिनेछन् ।

भारतीय विदेश मन्त्रालयले पनि एक्समा उनको आगमनको विवरण सार्वजनिक गरेको छ । ‘माल्दिभ्सका विदेश मन्त्री मूसा जमीरलाई भारतको औपचारिक भ्रमणमा हार्दिक स्वागत छ ।’

स्रोतका अनुसार माल्दिभ्सका विदेशमन्त्रीले भारतका परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी आपसी हितका द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्ने छन् ।

नयाँदिल्ली भ्रमणको क्रममा विदेश मन्त्री जमीरले भारतीय विदेश मन्त्री जयशंकरलाई भेटवार्ता गर्नेछन् । ‘माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतको प्रमुख समुद्री छिमेकी हो र विदेश मन्त्री जमीरको भ्रमणले दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप गति दिने अपेक्षा गरिएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले मे १० अघि नै माल्दिभ्सबाट आफ्ना सैन्य कर्मचारीहरू फिर्ता गर्ने बताएको छ । गत मे ३ मा भारत र माल्दिभ्सबीच सम्पन्न द्विपक्षीय उच्चस्तरीय संयन्त्रको चौथो बैठकले मे १० सम्ममा माल्दिभ्सबाट भारतीय सैन्य कर्मचारी हटाउने सहमति गरेका थिए ।

यसअघि, राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतलाई मालेबाट आफ्नो सेना फिर्ता लिन अनुरोध गरेको थियो ।

माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुवै पक्षले विद्यमान द्विपक्षीय सहयोगको समीक्षा गरेको उल्लेख छ । जसमा विकास र रक्षा सहयोग लगायत आपसी हितका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

उच्चस्तरीय समूहको पाँचौँ बैठक आपसी सहमतिअनुसार आगामी जुन/जुलाई महिनामा मालेमा आयोजना गर्ने सहमति भएको छ ।

माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान थियो । हाल माल्दिभ्समा डोर्नियर–२२८ समुद्री गस्ती विमान र दुई एचएएल ध्रुव हेलिकप्टर सहित करिब ७० जना भारतीय सैनिक तैनाथ छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : ०३ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि