कांग्रेस नेता लामाले गरे तेस्रो पटक एम्बुलेन्स सहयोग | Khabarhub Khabarhub

कांग्रेस नेता लामाले गरे तेस्रो पटक एम्बुलेन्स सहयोग


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका केन्द्रीय नेता एवं पूर्व सांसद जिप छिरिङ लामाले गृह जिल्ला दोलखामा तेस्रो पटक एम्बुलेन्स सहयोग गरेका छन् ।

नेता लामाले २०७५ साल मंसिरमा दोलखाका पाँच वटा स्थानीयलाई एम्बुलेन्स सहयोग गरेका थिए । त्यसै गरी दोस्रो पटक २०७६ साल जेठमा जिल्लाका चार वटा स्थानीय तहलाई चार थान एम्बुलेन्स र दुई वटा नगरपालिकालाई दुई थान शव वाहन सहयोग गरेका थिए । उनले तेस्रो पटक मंगलबार जिल्लाका दुई वटा स्वास्थ्यचौकीमा दुई वटा एम्बुलेन्स सहयोग गरेका हुन् ।

उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स प्रदान गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका नेता लामाले भीमेश्वर नगरपालिका– ८ को बोच स्वास्थ्य चौकी र बिगु गाउँपालिका– १ स्थित गोंगर स्वास्थ्यचौकीलाई एक–एक वटा एम्बुलेन्स सहयोग गरेका हुन् ।

आफ्ना स्वर्गीय बुबा–आमाको सम्झनामा स्थापना गरेको तेङिमा-दाडोमा फाउन्डेसनको नामबाट जिल्लाका दुर्गम ठाउँ र विपन्न नागरिकहरू लामाले औषधि उपचारमा समेत सहयोग गर्दै आएका छन्। लामाले मंगलबार काठमाडौंमा जिल्लाका यी दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स आवश्यक ठानी हस्तान्तरण गरेका थिए ।

विकट गाउँका कुनै नागरिकहरूले सवारी अभाव र आर्थिक संकटकाकारण अस्पतालसम्म पुग्न असहज नहोस् तथा समय उपचार पाउन भन्ने उद्देश्यले दुई वटा स्वास्थ्चौकीलाई तेस्रो पटक एम्बुलेन्स सहयोग गरेको उनले बताए ।

नेता लामाले गत २०७२ को भूकम्प समेत जिल्लाका दुर्गम भेगका नागरिकलाई ब्यक्तिगतरूपमा नगद आर्थिक सहयोग समेत गरेका थिए।उनले यस अघि पनि क्यान्सर पीडित,आगलागी पीडित, दीर्घ रोगी, मिर्गौला पीडित तथा सामाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । वडाकै स्वास्थ्य चौकीमा सुविधा सम्पन्न एम्बुलेन्स पाएपछि स्थानीय दुई वडा बोच र गोगँरका स्थानीय खुसी देखिएका छन् ।

-सुबास बस्नेत

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : २१ बजे

शिक्षक महासङ्घद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं – नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको

उत्तरी सागरमा ट्याङ्कर र कार्गो जहाज ठोक्किँदा ३२ जना घाइते

पोर्ट सुडान – सोमबार उत्तरी सागरमा एउटा तेल ट्याङ्कर र

भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक

ओखलढुङ्गा – यहाँको सिद्धिचरण नगरपालिका–११ का वडाध्यक्ष विनोदकुमार ताम्रकारले विद्यार्थीलाई

पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

गण्डकी – यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

गण्डकी – बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो ।