सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गरिने


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ १ गते दिउँसो ३ बजे संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था छ ।

बैठकले प्रहरी नायव महानिरिक्षक उमेश राज जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरेको छ । भाषा आयोगको सदस्यमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

बैठकले अन्तराष्ट्रियस्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगीतामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  ६ : २८ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी