माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ « Khabarhub

माधव नेपालबारे ओलीको टिप्पणी : कांग्रेसले प्रधानमन्त्री बनाएर टाउकोमै बोके हुन्छ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर नेपाली कांग्रेसले टाउकोमै बोके पनि आपत्ति नहुने बताएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओ‌लीले कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउँदा हुने उल्लेख गरे ।

‘कांग्रेसले त्यस्ता महानुभाव (माधव नेपाल) लाई प्रधानमन्त्री बनाएर काँधमा होइन, टाउकोमै चढाएर बोके पनि हामीलाई आपत्ति छैन । कांग्रेसले बोके हुन्छ,’ ओलीले कटाक्षको शैलीमा भने ।

अध्यक्ष नेपाल प्रधानमन्त्री बन्दा आफ्नो मन भत्भती नपोल्ने पनि ओलीले बताए । केही दिनअघि एक कार्यक्रममा अध्यक्ष नेपालले ‘म प्रधानमन्त्री बन्ने भएँ भनेर कसैको मन भत्भती पोलेको’ भनेर ओलीलाई कटाक्ष गरेका थिए ।

नेपालको उक्त अभिव्यक्तिको जवाफमा ओलीले आफूलाई कुनै फरक नपर्ने बताए।

‘त्यो पार्टीका नेताहरूले म प्रधानमन्त्री हुनै लागेँ भनेर कसैको मन भतभत पोल्याछ भनेछन् । कहाँ प्रधानमन्त्री हुन आँटे ? कताबाट हुन आँटे ? हामीलाई कोही प्रधानमन्त्री हुँदा मन भत्भती पोल्दैन’, ओलीले भने, ‘हामी त एमालेको सरकार बने, एमालेको बहुमत आ खुसी हुन्छौँ होला । अरु कसैको कुराले हामीलाई मन भत्भती पोल्दैन । हामी वास्तविकतालाई सजिलै स्वीकार्छौँ।’

ओलीले त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिँदा भएको छलफलमा एकीकृत समाजवादीका नेताको अभिव्यक्ति सम्झिरहेको पनि बताए । उनले समाजवादीका नेताको त्यो भनाइलाई‘अस्वस्थ, आक्रोशित र कुण्ठाग्रस्त’ को संज्ञा दिएका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ०७ बजे

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

भैरहवा– रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको