कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन  « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेसम्म प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।  बिहान साढे बाह्र बजे बस्ने भनिएको बैठक दुई बजेसम्म पनि बस्न नसक्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज कार्य व्यवस्था परामर्श समितिको बैठक पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने बताइएको छ ।  दलहरूले संसदीय दलको बैठक बस्न ढिलाइ गरेका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको हो ।

हाल कार्य व्यवस्था बैठकको तयारीका लागि दलका नेताहरू तयारीमा छन् ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठकलाई सहज बनाउन हाल सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४१ बजे

साताव्यापी खोज अभियान : खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर

सन्दीप, दिपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं – श्रीलङ्काको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपिएल)

कांग्रेसले बनायो छाया सरकार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठनको प्रस्ताव

बालेनका कारण रास्वपामा खैलाबैला : उठ्यो माफी माग्‍नुपर्ने माग, रविले भने, ‘राम्रो भएन, अहिलेलाई कोही नबोलौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू