जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ « Khabarhub

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–३  छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ । छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ थालिएको हो ।

कृषि विकास कार्यालयको आयोजनामा छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो ।

समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छुमचौरमा धानखेती भएपछि जिल्लामा विविधरुपमा रोपाइँ सुरु भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए। संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन रोपाइँ महोत्सव गरिएको उनको भनाइ छ ।

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका हुन् ।

बर्सेनि खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेका छन् । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सी धानको खेती गर्दा रोग कीरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका प्रमुख देवकोटाले  बताए । कृषि विकास कार्यालयुम्लाका अनुसार जिल्लामा दुई हजार आठ सय हेक्टरमा धानखेती हुने गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४७ बजे

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास