कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले  « Khabarhub

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

‘अध्यादेश बाट बजेट ल्याउने बाटो कांग्रेसले दिदैँन भन्ने लाग्छ’ 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन समिति नभई सरकार मागेको आरोप लगाएका छन् ।

शुक्रबार बजेट अधिवेशनको पहिलो दिन कांग्रेसले संसद् अवरोध अवरोधपछि चल्न पाएन ।

त्यसपछि खबरहबसँग कुरा गर्दै बर्तौलाले भने, ‘कांग्रेसले छानबिन समिति मागेको होइन । यसको कारण देखाएर सरकार मागेको हो । हामी अहिले सरकार कांग्रेसलाई दिन सक्दैनौँ ।’

उनले जेठ १ गतेबाट संसद् बिनाअवरोध सुरु हुने समेत बताए । यदि त्यसपछि पनि कांग्रेसले अवरोध गरे विकल्पहरू पनि भएको दाबी गरे ।

विकल्प भनेको अध्यादेशबाट बजेट ल्याउने हो भन्ने खबरहबको प्रश्नमा बर्तौलाले भने, ‘मिलाएर जाने कोशिस रहन्छ । बिनातुक अवरोध भने केही त होला नि । अध्यादेशको बाटो कांग्रेस जस्तो लोकतान्त्रिक दलले दिँदैन भन्ने लाग्छ ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ५६ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर