डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने « Khabarhub

डा. भगवान कोइरालाको निर्माणाधीन बाल अस्पताललाई मीनबहादुरले ४१ करोड दिने


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाले बनाउन लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले देशका सातवटै प्रदेशमा निर्माण गर्न लागेको बाल अस्पतालका लागि गुरुङले शुक्रबार हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर ४१ करोड रुपैयाँ  सहयोग घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनाइँदैछ । निर्माणाधीन उक्त अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने घोषणा गरेका हुन् ।

डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र फरक शैलीमा सबै प्रकारका बालरोगक विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणमा जुटेका छन् ।

गुरुङले ठूलो सहयोग रकम घोषणा गरेपछि डा. कोइराला पैसा नै नहुँदा पनि थालेको प्रोजेक्टलाई यति ठूलो रकम सहयोग घोषणा हुँदा खुसीको बर्णन गर्न नसकेको बताए । उनले यो सहयोगबाट अस्पतालको परिकल्पना चाँडै साकार हुने पनि बताए ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ४८ बजे

प्रधानमन्त्री बालेन भेट्न सिंहदरबार पुगे इयूका राजदूत र मिसन प्रमुख

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार युरोपेली सङ्घ (इयू)मा

अटो चालकको पेसामा महिलाको आकर्षण

कर्णाली– पछिल्लो समय अटो चालक व्यवसायमा महिलाहरू आकर्षित हुँदै गएका

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं– नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम