नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने « Khabarhub

नेपालगञ्ज उपमहानगरका उपमेयर राई जसपा नेपालमै रहने


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले आफू उपेन्द्र यादव नेतृत्वकै जसपामा रहेको स्पष्ट पारेका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसहित बाँके जिल्ला समितिमा रहेको सबै नेताहरु जसपा नेपालमै रहेको स्पष्ट पार्दै पार्टी विभाजनको आलोचना गरेका छन् ।

राईले विभाजित मनस्थितिका केही व्यक्तिहरुले निर्वाचन आयोगमा अवैधानिक निवेदन दिएर पार्टी विभाजन गरेको आरोप लगाए ।

संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।

उनले वर्तमान अवस्थामा पार्टीलाई थप मजबूत र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १० : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका