गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन  « Khabarhub

गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्छ, राप्रपा सरकार ढाल्ने खेलमा छैन : अध्यक्ष लिङदेन 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्नुपर्ने बताएका छन् । 

सहकारी काण्डमा मुछिएको कुरा छताछुल्ल भएपछि पनि गृहमन्त्री रवि लामिछाने साखिलो भएर बस्न नहुने बताए । 

उनले कुनै पनि संसद् कुनै घटनामा मुछिएपछि समिति बनेर छानबिन भएको घटना सम्झँदै गृहमन्त्रीमाथि पनि संसदीय छानबिन समिति बन्नुपर्ने कांग्रेसको अडानमा आफूहरूको साथ रहेको प्रस्ट पारे । 

शनिबार खबरहबसँग कुरा गर्दे लिङदेनले भने,- ‘राप्रपाले वर्तमान विकसित राजनीतिक अवस्थालाई होसियारीपूर्वक नजिकबाट नियाली रहेको छ । गृहमन्त्री माथि छानबिन समिति बन्नुपर्छ यो राप्रपाको लाइन हो ।’ 

उनले अगाडि थपे, ‘हामी आफ्नो आगामी आन्दोलनको स्वरूपको बारेमा पनि छलफलमा छौँ ।’ 

उनले राप्रपा कसैसँग मिलेर वैकल्पिक गठबन्धन बनाउने खेलमा नलागेको समेत प्रस्ट पारे । 

उनले भने, ‘राप्रपा सरकार ढाल्ने र बचाउने खेलमा छैन । सत्यको पक्षमा छ । कुरा यति हो कि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बन्नुपर्छ ।’ 

राप्रपा पछिल्लो समय ११, १२ र १३ गते हुने केन्द्रीय कार्यसमिति बैठकको तयारीमा लागेको समेत लिङदेनले बताए ।  सो बैठकमा पार्टीको कार्यक्रम र अन्य तयारीका बारेमा छलफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  २ : ४६ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड