डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग | Khabarhub Khabarhub

डा. गोविन्द केसी २२औं आमरण अनशनमा, यो पटक प्रधानमन्त्रीको राजीनामा माग


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन थालेका छन्‌ । केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाएका छन्‌ ।

अनशन थाल्नुअघि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा. केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन्‌ ।

वि.सं. २०५२ फागुन १ देखि २०६२/६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा झण्डै १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सो द्वन्द्वलाई ‘जनयुद्ध’ का रूपमा अघि बढाएको थियो । जनयुद्ध शुरु हुँदा महामन्त्री र पछि अध्यक्ष भएका दाहाल हाल देशका प्रधानमन्त्री छन्‌ ।

आज अनशन थालेका डा. केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा दाहालले प्रधानमन्त्री पदबाट राजीना दिनुपर्ने माग राखेका हुन्‌ । साथै, पीडितहरुले न्याय अनुभूत गर्नेगरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि केसीको माग छ ।

डा. केसीद्वारा जारी विज्ञप्ति :

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ४१ बजे

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब