लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत | Khabarhub Khabarhub

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत महसुस भएको स्थानीय झलक बोहराले बताए। 

‘पानी नपाएर मर्न थालेका बोटविरुवा र कृषि बालीलाई आजको वर्षाले फाइदा पुगेको छ’, उनले भने, ‘गर्मीसँगै वन क्षेत्रमा बढेको डढेलोको समस्या रोक्नपनि वर्षाले सहयोग गर्नेछ ।’ वैशाखदेखिको चर्को गर्मीसँगै बढेको तापक्रमले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरको जनजीवन कष्टकर बनेको थियो । 

लामो समयदेखि पानी पर्न नसकेर उत्पन्न सुक्खा मौसम र बढेको गर्मीसँगै वनजङ्गल र गाउँवस्तीमा आगलागीका घटना बढेका थिए । 

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज धनगढीमा आठ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको जानकारी दिए।

उनले भने ‘आज पश्चिमी वायुको प्रभावले भएको वर्षाले जनस्वास्थ्यमा असर पुर्‍याउने प्रदूषित वायुलाई हटाएको छ, कृषि प्रणालीलाई पनि फाइदा पुर्याएको छ ।’ गर्मी बढ्दै जाँदा यसवर्ष यही वैशाख २३ गने धनगढीको अधिकतम तापक्रम ४१ दशमलव पाँच डिग्री सेल्सियस मापन भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : १३ बजे

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको