लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ « Khabarhub

लाजिम्पाटमा ‘जापानी खाना उत्सव’

लिमिटेड खानामा अनलिमिटेड अफर


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइजाकाया होक्काइडोको आयोजनामा र्‍याडिसन होटल परिसर लाजिम्पाटमा ‘जापानी खाना उत्सव’ सुरु भएको छ । जापानी खानाका पारखीलाई लक्षित र्दै ‘जापानी खाना उत्सव’को आयोजना गरिएको होक्काइडो नेपाल बिजनेस गु्रप (एचएनबीजी)का सञ्चालक अर्जुन अधिकारीले बताए । 

उत्सवलाई होक्काइडो नेपालले ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ को रुपमा लिएको बताएको छ । यो उत्सवमा जापानी खाना, पेय पदार्थ र संगीतको फरक स्वाद लिन सक्ने सञ्चालक अधिकारीले जानकारी दिए । 

उत्सवमा खानाको परिकार अनुसार प्रतिव्यक्ति ४४ सय, २७ सय र १७ सय रुपैयाँको गरी तीन प्रकारका मेनु तयार गरिएको छ । जसमा लिमिटेड खानामा अनलिमिटेड अफर पाइने सञ्चालक अधिकारीले बताए ।

एचएनबीजीले नेपालमा जापानी खानाको संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । सन् २०१९ देखि सञ्चालनमा आएको यो गु्रपले उपत्यकाका विभिन्न क्षेत्रमा जापानी परिकारका रेष्टुरेन्टहरु सञ्चालन गर्दै आएको छ ।

बूढानीलकण्ठको पार्क भिलेज होटलको हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्टबाट यसको थालनी भएको थियो । त्यसयता काठमाडौंका विभिन्न ६ स्थानमा जापानी रेस्टुरेन्ट खुलिसकेका छन् ।

होक्काइडोका शाखाहरु देक्काइडो फार्म हाउस बूढानीलकण्ठ, ओमाकासे नक्साल, इजाकाय होक्काइडो र्‍याडिसन होटल, होक्काइडो हाउस सानेपाहोक्काइडो बेन्तो हाउस बौद्धमा सञ्चालित छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : १५ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको