सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रङ्गीन प्रकाश « Khabarhub

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रङ्गीन प्रकाश


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

केप क्यानभरल । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गरेका छन् ।

शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए)ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन् । यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ ।

बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, “मुलुकभर माथिदेखि तलसम्म दृश्यहरू थिए ।” उनले कार्यालयले प्राग र बार्सिलोनालगायत अन्य युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए ।

एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्ष यानका सञ्चालकहरूका साथै सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नुपर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने बताएको छ । तर यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोशनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्रा जस्तै हुने विश्लेषकहरूले बताएका छन् ।

“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार हो”, स्टिनबर्गले भने । उनी र उनका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई क्याप्चर गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताए ।

रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको थियो ।

-रासस/एपी

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ११ बजे

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन

मुग्लिङ-नारायणगढ सडकमा सुक्खा पहिरो, सवारी आवागमन ठप्प

चितवन – मुग्लिङ-नारायणगढ सडकखण्डमा सुक्खा पहिरो जाँदा सवारी आवागमन पूर्ण

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र