रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर) « Khabarhub

रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर)



काठमाडौं – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ५१ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान