१८ वर्ष मुनिको साफ च्याम्पियनसीपमा उपाधी जित्ने नेपालको लक्ष्य « Khabarhub

१८ वर्ष मुनिको साफ च्याम्पियनसीपमा उपाधी जित्ने नेपालको लक्ष्य


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १८ वर्ष मुनिएको साफ च्याम्पियनसीपमा नेपालले उपाधी जित्ने लक्ष्यसहित तयारी थालेको छ । नेपाली टोलीको प्रशिक्षक रहेका चेतनारायण श्रेष्ठले घरेलु मैदानमा हुने प्रतियोगिताको उपाधी जसरी पनि नेपालले नै राख्ने योजनाका साथ तयारी भइरहेको बताए ।

‘अहिले हामीले १० दिन तयारी गरेका छौं । यो समयमा स्टाइकरलाई मुख्य प्राथमिकतामा राखेर अभ्यास भएको छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य छ । खेलाडीहरु पनि उत्साहित छन् ।’

प्रतियोगिता सशस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा सञ्चालन हुनेछ । घरेलु मैदानमा दर्शकको साथ तथा ग्राउण्डको पूर्व जानकारी हुने भएकाले पनि उपाधी नेपालकै पक्षमा आउने प्रशिक्षक तथा खेलाडीको विश्वास छ ।

एन्फा मैदानमा ठाउँ नपुग्दा यु–१८ टोलीको अभ्यास जावलाखेलमा

१८ वर्ष मुनिको नेपाली टोलीले अहिले जावलाखेलस्थित युथ क्लबको मैदानमा अभ्यास गरिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान व्यस्त भएपछि अभ्यासका लागि टोली जावालाखेल पुगेको हो ।

साउन १९ गतेदेखि जावलाखेलमा अभ्यास शुरु गरेको युवा टोलीको सुरुवाती १० दिनको अभ्यासमा प्रशिक्षक श्रेष्ठ सन्तुष्ट छन् । उनले भने, ‘तयारी राम्रो भएको छ । अहिले हामीले फिजिकलमा ध्यान दिएर अभ्यास गर्‍यौं । बाँकी दुई हप्तामा मिड्फिल्डलाई जोड दिएर अभ्यास गछौं । बाँकी समयमा चाँही टीम सेटमा ध्यान दिनेछौं ।’

साउन १९ मा प्रारम्भिक छनोटबाट ४६ खेलाडी अभ्यासम थिए भने मंगलबार त्यसबाट केही खेलाडी घटाएर ३० खेलाडीलाई अभ्यासमा बोलाउने तयारी गरिरहेको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।

युवा टोलीसँग कोरियामा रहेका मनिस डाँगी र यु–२३ को अभ्यासमा रहेका नितिन थापा पनि समावेश छन् । मनिस केही दिन भित्रै नपाल आइपुग्ने प्रशिक्षकले बताएका छन् भने नितिन यु–२३ मै तत्काल अभ्यास गर्ने उनले बताए ।

बन्द प्रशिक्षणमा रहेका ४६ खेलाडी
गोलकिपर : विशाल सुनार, रोहित कार्की, शुर्य अधिकारी, पुजन होना, निशान खड्का, आकाश रानाभाट ।
डिफेन्डरः विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, असिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, युबेश थापा, विशान्त बस्नेत, अलिक रुम्बा, अन्जन महर्जन, राजु पण्डित, विशाल शाही ।
मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, राजन पुन, आकाश बुढामगर, रेजिन माझि, सञ्जिव लामा, जय गुरुङ, मनिश थापा, कुशल फुयाल, अदित गुरुङ, श्यामु मर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, सम्राट सुनुवार, रोहन कार्की र मौसम सुब्बा ।
फर्वाडः ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लोस बखरीया, दर्शन गुरुङ, अभिशेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिश डाँगी ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : ४५ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी