एमालेले पनि मधेस सरकार छाड्ने, अल्पमतमा मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

एमालेले पनि मधेस सरकार छाड्ने, अल्पमतमा मुख्यमन्त्री यादव


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै नेकपा एमालेले पनि मधेस सरकार छाड्ने भएको छ ।

आजै नेकपा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमाले केन्द्रीय नेतृत्वले मधेस सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको जनाइएको छ ।

नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले केही बेरमै एमालेका मन्त्री समेत राजीनामा दिई सरकारबाट समर्थन समेत फिर्ता लिने बताएका छन् ।

४ वैशाखमा विश्वासको मत लिएका शरदसिंह यादवलाई ६१ जना सांसदले विश्वासको मत दिएका थिए । मधेसमा एमालेको २३ सिट र माओवादी ८ सिट छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

अन्तरिम सरकारबारे ओलीको टिप्पणी : बाघको छालामा स्यालको रजाइँ जस्तै

काठमाडौं- नेकपा एमालेले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा

जेन–जी आन्दोलनले छोडेका यक्ष प्रश्न

जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध

१५ अंकले बढ्यो नेप्से, सबै उपसूचक हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ

अमेरिकी सांसदहरू एपस्टेन फाइल सार्वजनिक गर्न निर्णायक मतदानतर्फ

एजेन्सी– अमेरिकी सांसदहरूले कुख्यात करोडपति यौन शिकारी जेफ्री एपस्टेनसँग सम्बन्धित