अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन « Khabarhub

अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।

यसअघि १ सय ७ सदस्य प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वास पाएका मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएसँगै उनी अल्पमतमा परेका हुन् ।

मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपालबाहेकका नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर नयाँ सरकारको तयारी थालेका छन् ।

यी दलहरूबीच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएका थिए ।

उक्त बैठकमा मन्त्रालयको भागबण्डाबारे समेत कुराकानी भएको श्रोतले जनाएको छ ।

सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्न अब ३० दिनको समय पाउने छन् ।

तर उता माओवादी केन्द्रले भने सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा सत्ताबाट बाहिरिन जसपा नेपाललाई आग्रह गरेको छ ।

मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । यहाँ सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।

यता मुख्यमन्त्री यादव भने मन्त्रिपरिषद् पुनर्गठन तयारीमा जुटेका छन् । उनले विश्वासको मत सामना गर्ने मनस्थितिसाथ अगाडि बढने भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जसपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ६ : ३३ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको