१ वर्ष अगाडि नै राजीनामा दिने तयारीमा थिए समाजवादीका सांसद यादव « Khabarhub

१ वर्ष अगाडि नै राजीनामा दिने तयारीमा थिए समाजवादीका सांसद यादव


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित (हाल समाजवादी पार्टीका) सांसद सूर्यनारायण यादव ‘सुरज’ले  सांसद पदबाट राजीनामा दिएका छन् । आफ्नो स्वास्थ्यका कारण सांसदको रुपमा काम गर्न असक्षम रहेको कारण देखाउँदै यादवले राजीनामा संघीय संसद सचिवालयमा आफ्ना राजीनामा पत्र दर्ता गराएका हुन् ।

यादवको राजीनामाबारे जानकारी भए पनि सभामुख कृष्णबहादुर महराले स्वीकृत भने नगरेको संसद सचिवालयले जनाएको छ ।

समाजवादी पार्टीका एक नेताका अनुसार यादवले १ वर्ष अघिदेखि नै राजीनामा दिने बताइरहेका थिए । पार्टीको कार्यशैलीप्रति चित्त नबुझेको भन्दै बेलाबेलामा उनले राजीनामा दिने बताउँदै आएको समाजवादी पार्टीका एक नेताले खबरहबलाई जानकारी दिए ।

‘उहाँ (यादव)ले विगत १ वर्षदेखि नै राजीनामा दिन भनेर भन्दै आउनुभएको थियो । अहिले आएर संसद सचिवालयमा राजीनामा दिएको भन्ने बुझिएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा समाजवादी पार्टीका एक नेताले खबरहबसँग भने, ‘अहिले आएर उहाँले राजीनामा दिनुको कारण अरु पनि हुनसक्छ ।’

सप्तरी १ बाट निर्वाचित सांसद यादवको राजीनामा स्वीकृत उक्त क्षेत्रमा उपचुनाव गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ११ : २० बजे

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै