कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि मत दिने


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने भएको छ ।

एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको हो ।

गत फागुन २१ गते बनेको केन्द्रीय सत्ता गठबन्धनमा फागुन २९ गते मिसिएको एकीकृत समाजवादीले कोशीमा पनि आफूलाई सत्ता पक्षमा उभ्याउने निर्णय गरेको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा थिए ।

तर अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूको निर्देशनपछि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन उनी तयार भएका हुन् ।

दलका नेता राईले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।

राईले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले नमानेको भन्दै आफूले कार्की सरकारलाई नसघाउने बताइरहेका थिए ।

तर, आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई आग्रह गरेको बताइएको छ ।

एकीकृत समाजवादीसँगै कोशीमा जनता समाजवादीकी निर्मला लिम्बूले पनि विश्वासको मत दिने भएकी छन् ।

यसअघि गत वैशाख २७ गते कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ सहित ५२ जना सांसदले समर्थन गरेका थिए । त्यसपछि लिम्बू पनि कार्कीको पक्षमा उभिएकी थिइन् ।

एकीकृत समाजवादीको निर्णयसँगै कार्की पक्षमा एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ५७ जना सांसद भएका छन् । यहाँ बहुमतका लागि ४७ सांसद भए पुग्छ ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिँदा बलियो बहुमत मिलेको छ ।

कोशी प्रदेशमा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत चाहिन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १२ : ०३ बजे

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य

भैरहवा– भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको

अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण

मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी

रौतहटमा दुनाटपरीको माग उच्च

रौतहट– हातेमालो सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर रौतहटले उत्पादन गरेको

न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा 

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडीरएमएस कार्यक्रम नेपाल