अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल « Khabarhub

अनमोल र सन्तोषको भेट : अर्को वर्षका लागि माहोल


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसी र निर्देशक सन्तोष सेनको एक साता अगाडिको भेट अहिले चर्चामा छ । उनीहरुबीच काठमाडौंमा भएको भेटले सहकार्यको चर्चा समेत सतहमा आएको छ । 

तर, अहिले यी दुवै चलचित्रकर्मी व्यस्त छन् । निर्देशक सेन अभिनेता विराज भट्टका छोरा समीरको डेब्यु फिल्म ‘बलिदान’ छायांकनको पूर्व तयारीमा छन् । पूर्वमा सो फिल्मका लागि भव्य सेट तयार भइरहेको छ । उनको यो महत्वकाङ्क्षी योजना हो । जुन आगामी दशैँमा प्रदर्शनमा आउने बताइएको छ । 

छड्के–२ को असफलतापछि धेरै विचार गरेर फिल्ममा अनुबन्ध भएका अनमोलको ‘फर्कीफर्की’ प्रदर्शनको सङ्घारमा छ । जेठ १० बाट प्रदर्शनमा आउने सो फिल्मको प्रचारमा उनी व्यस्त छन् । त्यस लगत्तै ‘जेरी’को दोस्रो शृंखला ‘जेरी अन टप’को छायांकनमा निस्कन उनी तयार छन् । 

खबरहबलाई प्राप्त जानकारीअनुसार अनमोल जेठ २० गते ‘जेरी अन टप’को छायांकनमा निस्किसक्ने छन् । अर्थात् यी दुईबीच तत्काल सहकार्य हुने देखिदैन । तर अर्को वर्षका लागि सहकार्यको माहोल तयार गर्न सेनको अनमोलसँग भेट भएको बुझिएको छ । 

निर्देशक सेन ‘बलिदान’ पछि एक ऐतिहासिक फिल्म निर्माण गर्ने योजनमा छन् । अनमोललाई ‘जेरी अन टप’पछि यस फिल्ममा अनुबन्ध गर्न उनीहरूको भेट भएको बुझिएको छ । 

निर्देशक सेन भन्छन्, ‘तिब्बत र नेपालको सम्बन्धको फिल्म बनाउने सोचमा हो । त्यसको लागि अनमोलसँग कुरा भएको हो ।’

यद्यपि अनमोलले त्यो फिल्मका लागि लिखित सम्झौता गरेका छैनन् । सेनका अनुसार सो फिल्ममा काम गर्न अनमोल सकारात्मक छन् । उनी भन्छन्, ‘जेन्टलमेन समहति भएको छ भन्दा हुन्छ ।’

लिखित सम्झौता भएको अवस्थामा सेन यस फिल्ममा अनमोललाई लिएर आगामी वर्षको सुरुवातीमै छायांकनमा निस्कने योजनामा छन् । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ५३ बजे

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब