उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री « Khabarhub

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् । 

सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा  पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । 

यता अध्यक्ष राईले खबरहबलाई भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’

यस्तै, हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ ।

तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन: सरकारको सन्तुलन मिलाउन  पनि सकिने बताइएको छ ।

अशोक राई समूहले बैखाख १३ गते जसपा विभाजन गरेको थियो । प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसद मध्ये अशोकको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद खुलेका छन् ।

तर प्रधानमन्त्रीको सचिवालयले आइतबार २ गते अगाडि मन्त्रपरिषद् पुनर्गठन नहुने खबरहबलाई बताएको थियो ।  हाल प्रधानमन्त्री चितवनमा छन् । 

यो पनि…

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

केन्द्र सरकार जोगाउने खेलमा जसपालाई सिकार बनाए : लालबाबु राउत 

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ०६ बजे

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र