केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज « Khabarhub

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

याचिकामा मदिरा नीति मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनु पर्ने माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको भारतीय मिडियाहरूले उल्लेख गरेका थिए ।

न्यायमूर्ति सञ्जीव खन्ना र न्यायमूर्ति दिपंकर दत्तले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बताए । डिभिजन बेन्चले यस विषयमा कानुनी अधिकार नभएको बताएको थियो ।

सर्वोच्च अदालतले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यस मामिलामा हस्तक्षेप गर्न सक्छन् तर अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । प्रवर्तन निर्देशनालय अर्थात ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

हाल निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले उनलाई अन्तरिम जमानत दिएको छ । तर केजरीवाललाई जुन २ मा फेरि जेल जानुपर्नेछ । पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ३१ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा