भुटानी जेलका राजबन्दी रिहाइ माग गर्दै हेगमा प्रदर्शन « Khabarhub

भुटानी जेलका राजबन्दी रिहाइ माग गर्दै हेगमा प्रदर्शन


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका राजबन्दीहरुको रिहाइका लागि विश्वव्यापी अभियान (ग्लेबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान)ले नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालतअगाडि आइतबार प्रदर्शन गरेको छ ।

भुटानमा प्रजातन्त्र मागेको आरोपमा जेल परेका ३५ जनाभन्दा बढी राजबन्दीहरूलाई तत्कालै रिहाइका लागि अभियानले माग गरेको छ ।

अभियानका संस्थापक तथा संयोजक राम कार्कीका अनुसार नेदरल्यान्ड्समा रहेका भुटानी समुदाय र शुभेच्छुकले दुई घण्टा हेग अदालतअगाडि प्रदर्शन गरेका थिए ।

भुटानमा मानवअधिकार उल्लंघन रोक्न, जातीय भेदभाव रोक्न माग गर्दै प्लेकार्ड र ब्यानरसहित प्रदर्शन भएको हो ।

अभियानले भुटानी शरणार्थीलाई सम्मानपूर्वक स्वदेश फिर्ता गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न, भुटानी राजबन्दीलाई आममाफी दिन माग गरेको कार्कीले बताए ।

‘आफूलाई प्रजातान्त्रिक देश भनेर लिखित संविधान जारी गरे पनि भुटानले अहिलेको प्रजातान्त्रिक व्यवस्थाका लागि लडेका प्रजातन्त्रवादी नागरिक र मानवअधिकारकर्मीलाई जेलमा राखेको छ’, हेगमा आयोजित विरोध कार्यक्रममा कार्कीले भने ।

भुटानका राजाले राजबन्दीलाई आममाफी दिन बेवास्ता गरिरहेको, जेलमा राजबन्दीमाथि यातना दिएको , बाहिर रहेका भुटानी समुदाय र अन्तराष्ट्रिय समुदायको सरोकारलाई बेवास्ता गरिरहेको आरोप उनले लगाए ।

अमेरिकी मानवअधिकारबादी संस्था ह्युमेन राइट्स वाचले भुटानी राजबन्दीबारे केही वर्षअघि विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

अभियानका संयोजक कार्कीका अनुसार ३० वर्ष भुटानको चेम्गाङ् जेलमा बसेर हालै रिहा भई नेपाल पुगेका राजबन्दी मधुकर मगरलाई अप्ठेरो छ ।

अभियानका तर्फबाट युरोपियन युनियन, अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् लगायत विश्व समुदायलाई भुटानमा तत्कालै राजबन्दी रिहाइका लागि आवाज उठाइदिन आह्वान गरिएको छ । विरोध प्रदर्शनमा नेदरल्यान्ड्समा रहेका भुटानी समुदायका अगुवा गोपाल गुरुङ, देवीचरण बस्नेत, पदम बस्नेत, दशरथ बास्तोला लगायत थिए ।

अभियानका अनुसार भुटानमा केही दशकदेखि ३५ जना राजबन्दी जेलमा छन् । उनीहरुमध्ये प्रहरीको यातनाका कारण ६ जना गम्भीर बिरामी छन् ।मानवअधिकारकर्मीहरू लोकनाथ आचार्य, बमबहादुर तिवारी, कुलबहादुर बस्नेत लगायत अझै बेपत्ता छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ४५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका