मिथुनको पहिलो ‘ब्रेकअप’ : जब धोका दिएकी युवतीले रुँदै माफी मागिन् « Khabarhub

मिथुनको पहिलो ‘ब्रेकअप’ : जब धोका दिएकी युवतीले रुँदै माफी मागिन्


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईं हामीमाझ परिचित बलिउड नायक मिथुन चक्रवतीका करोडौं समर्थक छन् । ७३ वर्ष पुगेका मिथुन बलिउडमा उदाउँदै गर्दा झनै ठूलो ‘फ्यान फलोइङ’ थियो । उनीप्रति आकर्षित हुने युवा–युवतीको पंक्ति लाखौँ थियो ।

मिथुनले यो सबै उपलब्धि बलिउड नायकका रुपमा स्थापित भएपछि पाएका हुन् । करोडौं युवतीको आकर्षण बन्न सफल उनले बलिउडको सुरुवातीमा संर्घषका क्रममा एकजनाबाट धोका पाएको किस्सा सुनाएका छन् । उक्त धोका उनले पहिलो प्रेमिकाबाट पाएका थिए ।

संघर्षका क्रममा मिथुनलाई धोका दिएकी युवतीले ‘स्टार’ बनेपछि रुँदै माफी मागेको प्रसंग उनले सुनाएका हुन् । भर्खरै उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सारेगमप’मा पुगेका थिए । त्यहाँ उनले पहिलो प्रेमकहानी सुनाए ।

ती युवतीले साथ छोड्दा भावनात्मक पीडाबाट गुज्रेको उनले बताए । तर सुपरस्टार बनेपछि ती युवतीसँग यात्राका क्रममा जहाजमा भेट्दाको रोचक कथा उनले त्यहाँ सुनाए ।

‘उनी टाढा हेर्दै थिइन् । मलाई लाग्यो उनी आफूलाई दोषी महसुस गरिरहेकी छन् । म उठेर उनीतर्फ गएर भने– तिमीले त्यो बेला जे गर्यौं‍ ठीक थियो,’ उनले थपे, ‘खराब समयमा रहेको मानिसलाई छोड्ने तिम्रो निर्णय ठीक थियो ।’

आफ्नो कुरा सुनेपछि लामो समयपछि भेटेकी ती युवती रोएकी मिथुनले बताए । ती युवतीले रुँदै भनेकी थिइन्, ‘मैले गल्ती गरेँ । त्यसबेला तिमीलाई त्यस्तो गर्नु हुँदैनथ्यो ।’

ती युवतीको कुरा सुनेपछि, ‘तिम्रो त्यही धोकाले म सुपरस्टार बनेँ’ भन्ने जवाफ फर्काएको उनले दर्शकहरूलाई सुनाए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : १० बजे

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६