एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने | Khabarhub Khabarhub

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र  २० अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने भएको छ ।

आगामी भदौ १५ गते सो कम्पनीको २० वर्षे लाइसेन्स अवधि सकिने भएकाले दूरसञ्चार ऐनमा भएको व्यवस्थाअनुसार तीन महिना अगावै उक्त रकम बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने भएको हो ।

नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार नेपालमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरुले अनुमति पत्र लिने र नवीकरण गर्ने कार्य गर्दै आएका छन् ।

सो व्यवस्थाअनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरुले एकपटकमा २५ वर्षे अनुमति पत्र लिएपछि त्यसको पहिलोपटक १० वर्षमा, दोस्रोपटक १५ वर्षमा र तेस्रोपटक २० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।

सोही व्यवस्थाअनुसार २०६१ सालमा बोलकबोल प्रक्रियाबाट अनुमतिपत्रको नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउने बोलकबोल गरेको थियो । सोहीअनुसार एनसेलले नवीकरणका लागि २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने नवीकरण अनुमतिपत्रको लागि थप रकम बुझाउनुपर्नेछ ।

वैशाख २९ गतेमात्रै अनुमतिपत्र नवीकरण गरेको नेपाल टेलिकमले ऐन तथा नियमावलीअनुसार नवीकरण दस्तुरबापत २० अर्ब र अनुमतिपत्र बापत २१ करोड रकम बुझाएको छ ।

दूरसञ्चार ऐन, २०५४ अनुसार अनुमतिपत्रको म्याद सकिने तीन महिना अगाडि नै सम्बन्धित कम्पनीले शुल्कसहित प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ ।

एनसेलको अनुमतिपत्रको म्याद आगामी भदौ १५ सम्म भएकाले उसले जेठ १५ सम्म नै नवीकरणको प्रक्रिया पूरा गर्नुपर्ने र त्यसो नगरेमा थप १५ प्रतिशत जरिवाना सहित भदौ १५ गतेसम्म पनि नवीकरण गर्न सकिने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

तर, तोकिएको समयमा नवीकरण नगराए अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था दूरसञ्चार ऐन तथा नियमावलीमा गरिएको छ ।

०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले २५ वर्ष समाप्ति भएपछि नेपाल सरकारको स्वामित्वमा आउने गरी मात्रै र कम्पनीको कायम रहेको शेयर संरचनामा कुनै फेरबदल नगर्ने सर्तमा मात्रै एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ ।

साथै, नेपाल दूरसञ्चार प्राधिकरणमाा फ्रिक्वेन्सी र सरकारसँग विभिन्न शिर्षकका करहरुको विषयमा एनसेलसँग जोडिएका कैयँन मुद्दा अदालतमा विचाराधीन अवस्थामा पनि रहेका छन् । जसले गर्दा सरकारले विभिन्न सर्तहरुमा प्रवेश गराएर मात्रै एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ८ : १० बजे

पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता

स्पेन – संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र