कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ? « Khabarhub

कांग्रेस संसदीय दलको बैठक सुरु, के गर्ला निर्णय ?


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनको संयुक्त वैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर केही समयदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको कांग्रेसको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।

कांग्रेसले उठाउँदै आएका मागमा चासो राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहानै कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त बैठकमा प्रधानमन्त्रीले समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरेको भन्दै कांग्रेस केही लचिलो हुने संकेत देखिएको छ ।

यो पनि…
प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच के भयो कुराकानी ?

 

 

 

 

 

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  १० : ०७ बजे

ज्वालाको प्रश्न- भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी सदनमा के गरिरहेका छौँ

काठमाडौं– रास्वपा सांसद टीका संग्रौला (ज्वाला) ले भर्खरै सार्वजनिक भएको एउटा अडियो

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

इलाम– मेची राजमार्ग र मेची करिडोर (केचना–कञ्चनजङ्गा सडक)मा आजदेखि रातको

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं–  सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका

न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची

न्युयोर्क– संयुक्त राष्टसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा