नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’ | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले केही वर्षदेखि नीति तथा कार्यक्रम, बजेट र योजनामा लेख्दै आएको ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई यसपटक पनि नीति तथा कार्यक्रममा दोहोर्‍याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसद्‌मा वाचन गरिरहेका नीति कार्यक्रममा सरकारले पुनः ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई कागजमा दोहोर्‍याएकाे पाइएको हो ।

राष्ट्रपतिले भनेका छन्‌, ‘औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानून, प्रकृया तथा संरचनालाई समयानुकूल बनाइनेछ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्‍चालनमा नीति क्षेत्रलाई आकर्षित गरिनेछ । उद्योगहरूमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिनेछ ।’

वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष कलाउस स्कवाबले उदाइरहेको ज्ञानको चरित्रलाई चौथो औद्योगिक क्रान्तिका रूपमा उल्लेख गरेका थिए । सन् २०१३ मा आयोजित फोरम सम्मेलनमा चौथो चरणको औद्योगिक क्रान्तिबारे व्यापक छलफल भएको थियो । सोही सम्मेलनपछि विभिन्न मुलुकले आफ्नो औद्योगिक नीतिमा ‘चौथो चरणको औद्योगिक अवधारणा या क्रान्ति’ सम्पन्न गर्ने लक्ष्य समावेश गरेका थिए ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्षकै बजर्टमा ‘चौथो पुस्ताको औद्योगिक अवधारणा सुरु गर्ने’ लेखेका थिए । सरकारले सोही वाक्यांशलाई आगामी वर्षको नीति तथा कार्यक्रममा पनि दोहोर्‍याएको हो ।

विश्वले कृषि क्रान्तिलाई पहिलो, औद्योगिक क्रान्तिलाई दोस्रो र सूचना क्रान्तिलाई तेस्रो चरणको क्रान्ति मान्दै आएको छ । हाल विश्वमा चलिरहेको भौतिक, जैविक, कृत्रिम बौद्धिकता र वृहद तथ्याङ्क लगायतको आम उपयोगितालाई चौथो चरणको औद्योगिक क्रान्ति भन्न थालिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ०८ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले