नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’ « Khabarhub

नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले केही वर्षदेखि नीति तथा कार्यक्रम, बजेट र योजनामा लेख्दै आएको ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई यसपटक पनि नीति तथा कार्यक्रममा दोहोर्‍याएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसद्‌मा वाचन गरिरहेका नीति कार्यक्रममा सरकारले पुनः ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई कागजमा दोहोर्‍याएकाे पाइएको हो ।

राष्ट्रपतिले भनेका छन्‌, ‘औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न उद्योग र लगानीसँग सम्बन्धित कानून, प्रकृया तथा संरचनालाई समयानुकूल बनाइनेछ । औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको निर्माण र सञ्‍चालनमा नीति क्षेत्रलाई आकर्षित गरिनेछ । उद्योगहरूमा चौथो पुस्ताको औद्योगिक अवधारणा उपयोग गर्न प्रोत्साहित गरिनेछ ।’

वर्ल्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष कलाउस स्कवाबले उदाइरहेको ज्ञानको चरित्रलाई चौथो औद्योगिक क्रान्तिका रूपमा उल्लेख गरेका थिए । सन् २०१३ मा आयोजित फोरम सम्मेलनमा चौथो चरणको औद्योगिक क्रान्तिबारे व्यापक छलफल भएको थियो । सोही सम्मेलनपछि विभिन्न मुलुकले आफ्नो औद्योगिक नीतिमा ‘चौथो चरणको औद्योगिक अवधारणा या क्रान्ति’ सम्पन्न गर्ने लक्ष्य समावेश गरेका थिए ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गत आर्थिक वर्षकै बजर्टमा ‘चौथो पुस्ताको औद्योगिक अवधारणा सुरु गर्ने’ लेखेका थिए । सरकारले सोही वाक्यांशलाई आगामी वर्षको नीति तथा कार्यक्रममा पनि दोहोर्‍याएको हो ।

विश्वले कृषि क्रान्तिलाई पहिलो, औद्योगिक क्रान्तिलाई दोस्रो र सूचना क्रान्तिलाई तेस्रो चरणको क्रान्ति मान्दै आएको छ । हाल विश्वमा चलिरहेको भौतिक, जैविक, कृत्रिम बौद्धिकता र वृहद तथ्याङ्क लगायतको आम उपयोगितालाई चौथो चरणको औद्योगिक क्रान्ति भन्न थालिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : ०८ बजे

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख