विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा « Khabarhub

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

नेपाली टिम 

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।

डिफेन्डर: अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।

मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र  सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।

नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन ।

नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ५४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका