भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक « Khabarhub

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमले विनवाड्र्स भोलक्यानोजमाथि चार विकेटको जित निकालेको छ।

मंगलबार राति भएको खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको भेलक्यानोजले ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो। भोलक्यानोजलाई सस्तैमा समेट्न नेपालका कप्तान रोहित पौडेलले तीन विकेट हात पारेका थिए।

१९७ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। भुर्तेलले आक्रामक ओपनिङ गर्दै ४२ बलमा ७१ रन बनाएका थिए भने आक्रामक फिनिसिङ गर्दै दीपेन्द्रले २५ बलमा नटआउट ५२ रन बनाए। १९७ रनको लक्ष्य नेपालले १९.३ बलमा ६ विकेट गुमाउँदै भेट्टाएको हो।

नेपाललाई अन्तिम २ ओभरमा जितका लागि ३८ रन आवश्यक थियो। दीपेन्द्रले १९ औं ओभरमा चार छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उक्त ओभरमा नेपालले २६ रन बनाएको थियो।

अन्तिम ओभरमा सोमपाल कामीले १२ रन जोड्दै नेपाललाई जित दिलाएका हुन। सोमपालले नटआउट ३५ रन बनाए।

भोलक्यानोजसँग नेपालले थप दुई वटा अभ्यास खेल खेल्दैछ। विश्वकप अगाडिको यो अभ्यास खेललाई महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ८ : ३१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार