झापामा सुविधा-सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आउँदै « Khabarhub

झापामा सुविधा-सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आउँदै


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।

सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्मााको काम थालेको अस्पतालले आगामी पुस महिनादेखि अस्पताल संचालन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयबाट ३ सय शय्या रहने गरी स्वीकृति पाएको अस्पतालले पहिलो चरणमा एक सय शय्याबाट पुसदेखि सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र कुमार यादवले बताए ।

अस्पताल संचालनका लागि चार अर्व लागतमा डेढ वर्ष अघि भवन निर्माणको काम शुरु भएको थियो । अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र विभिन्न मेसिन तथा उपकरणहरु जडानको काम भइरहेको अस्पतालका डाइरेक्टर डा यादवको भनाइ छ ।

क्यान्सर अस्पताल सञ्चालका लागि ४५ करोडको ३ वटा रेडियसन मेसिन खरिद गरी जडानको प्रक्रियामा रहेको डा यादवले बताए । ‘अहिले हामीले ३ वटा रेडियसन मेसिन भित्र्याइसकेका छौं, अब ३ महिनाभित्रमा यो मेसिन जडान गछौं,’ अस्पतालका डाइरेक्टर डा यादवले खबरहबसँग भने, ‘ प्रदेश नम्बर एक र दुईका क्यान्सरका बिरामीका लागि लक्षित गरेर हामीले अस्पताल सञ्चालनमा ल्याउन लागेका हौं । पुसदेखि हाम्रो अस्पताल सञ्चालनमा आउँछ ।’

क्यान्सर अस्पताल सञ्चालनमा आएसँगै प्रदेश १ र प्रदेश २ मा रहेका क्यान्सरका बिरामील सहज रुपमा उपचार सेवा पाउने अस्पताल सञ्चालकको विश्वास छ ।

प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा क्यान्सरका बिरामीले उपचारका लागि अन्य ठाउँ जानुपर्ने बाध्यता रहदै आएको छ ।

अस्पताल सञ्चालनमा आएपछि क्यान्सरको उपचारका लागि भारत जानुपर्ने प्रदेश एक र दुईका बिरामीले राहात महसुग गर्ने डा यादवको विश्वास छ ।

‘प्रदेश एक र दुईमा क्यान्सर अस्पताल नहुँदा धेरै बिरामीहरु भारत जाने गरेका थिए,’ डा यादवले भने, ‘हाम्रो अस्पताल सञ्चालन भएपछि बिरामीले नेपालमै सहज रुपमा उपचार पाउनेछन्, भारत जानुपर्ने बाध्यताको हट्ने छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ६ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना