आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले « Khabarhub

आपत्तिजनक गाली गरेको भोलिपल्टै गृहमन्त्रीसँग माफी मागे भुसालले


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आपत्तिजनक शब्दसहित गाली गरेका निकोलस भुसालले माफी मागेका छन् ।

बुधबार गृह मन्त्रालय परिसरमै पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँग भुसालले माफी मागेका हुन् ।

क्रिकेटर सन्दीप लामिछानेको समर्थनमा सडकमा उत्रिरहेका भुसाल केही दिनयता आपत्तिजनक र विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

माइतीघर क्षेत्रमा प्रदर्शननमा उत्रिएका उनीसहितलाई प्रहरीले यसबीचमा दुई पटक पक्राउ गरिसकेको छ ।

प्रहरी हिरासतबाट निस्किएपछि अर्का भाइरल व्यक्ति दुर्गा प्रसाईलाई भेटेपछि भुसाल झन् जथाभावी बोलिरहेका छन् ।

उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता पनि च्यात्ने बताएका थिए ।

तर उनै भुसालले बुधबार गृह मन्त्रालय रविलाई भेटेर माफी मागेका हुन् । उनले आफूले आक्रोशमा आएर बोलेको भन्दै माफी मागेपछि गृहमन्त्री मुस्कुराएका थिए ।

उनले गृहमन्त्री लामिछानेलाई भेटेपछि ‘युवाहरूका आशा र भरोसा’ को संज्ञा दिएर प्रशंसा गरे ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ४ : २३ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको