सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ | Khabarhub Khabarhub

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा प्रक्रिया अघि बढाएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपले उच्च अदालतबाट सफाइ पाएको जानकारी आएको बताउँदै निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको खबरहबलाई बताए ।

‘उच्च अदालतले सन्दीपलाई सफाइ दिएको जानकारी पाइसकेका छौँ, अब उनको निलम्बन फुकुवाका लागि बोर्डमा कुरा हुँदैछ’, खड्काले खबरहबसँग भने, ‘निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने सम्भावना रहन्छ । हामी अदालतको फैसलाअनुसार आवश्यक निर्णय लिन्छौँ ।’

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गर्दै उनलाई आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई  ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो ।

२०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

सन्दीपको मुद्दामा अघि बढ्यो बहस, अपरान्हसम्म आउन सक्छ फैसला

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ५ : ४५ बजे

एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन

वासिङ्गटन- अमेरिकी जाँच एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक

‘पर्वतीय क्षेत्रलाई जलवायु संकटबाट जोगाउन सहकार्य आवश्यक’

काठमाडौं – पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको संकट न्यूनीकरणका

किवी खेतीबाट वार्षिक १० लाख आम्दानी

अमरगढी – जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण

काठमाडौं – काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’

म्याद थपका लागि रविलाई आदालतमा उपस्थित गराइयो

काठमाडौं– सहकारी ठगी प्रहरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र